कालचिनीः हाँसीमारा क्षेत्रको एकजना रासन डीलरले आफ्नो रासन दोकान पुरानो ठाउँबाट नयाँ ठाउँमा सारेको र रासन दिँदा कहिले आँटा कम कहिले चामल कम त कहिले चीनी नदिएको विभिन्न आरोपहरू उठाउँदै शुक्रबार हाँसीमारा साताली मोड़का बासिन्दाहरूले रासन डीलर विरुद्ध सड़क जाम गर्दै विक्षोभ प्रदर्शन गऱ्यो। यस क्रममा स्थानीय उपभोक्ताहरूले रासनमा जगिले पनि कम सामग्री पाईरहेको र त्यसमाथि पुरानो ठाउँबाट नयाँ ठाउँमा रासन दोकान सार्दा उपभोक्ताहरूलाई असुविधा हुने गरेको आरोप लगाएको छ।
यतिमात्र नभएर रासन डीलरले द्वारे रासनको सुविधा उपलब्ध नगराएको पनि उपभोक्ताहरूले गुनासो गरेका छन्। स्थानीय उपभोक्ताहरूले शुक्रबार विक्षोभ प्रदर्शन गर्दै सड़क जाम गर्दा वाहनहरूको जाम लागेको थियो भने पुलिसको हस्तक्षेपमा जाम हटाईएको थियो। अर्कोतिर रासन डीलरले यो सबै कुरा आधारहीन रहेको आफूले कुनै अनियमितता नगरेको बताएको छ।
रासन अनियमितता सम्बन्धमा स्थानीय तृणमूल नेता रमेश प्रसादले रासन विषय लिएर बारम्बार गुनासो सुन्न आईरहेको र यस सम्बन्धमा सम्बन्धित विभागमा कुरा राखिने जनाएका छन्।