सिलगढी : लायन्स क्लब अफ सिलगढी तराईको तर्फबाट ३००औँ रक्तदान शिविरको आयोजना गरियो। लायन्स क्लब अफ तराईको सिलगढी भवनमा उक्त रक्तदान शिविरको आयोजना गरिएको छ। सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले उक्त शिविरको उद्घाटन गरे। रगतको संकट दूर गर्ने उद्देश्य लिएर लायन्स क्लब अफ सिलगढी तराईको तर्फबाट समय-समयमा सिलगढी लगायत उत्तरबंगको विभिन्न ठाउँमा रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। आगामी दिनमा वर्षको ३६५ दिन नै रक्तदान शिविरको आयोजना गर्ने संस्थाको लक्ष्य रहेको छ। यसै लक्ष्यलाई ध्यानमा राखेर आगामी दिनमा आफ्नो कार्यलाई तीव्रता दिने संस्थाका चेयरम्यान तथा अध्यक्षले बताए।