उत्तरबंगाल चारुकला महाविद्यालयको बार्षिक कार्यक्रम‌ सम्पन्न

25094a57-2dc4-400b-ab84-6eab56ec5eeb

कालचिनीः राज्य सरकारबाट मान्यता नपाएता पनि विगत बाममोर्चाको शाशनकालदेखि नै कालचिनी खण्डको उत्तर लोथाबारीमा उत्तरबंगाल चारुकला महाविद्यालयको स्थापना गर्ने ध्येय लिएर यसको निम्ति जमीन पनि सरकारको नजरमा चिञ्हित भइसकेकोले यसलाई सञ्चालनमा ल्याउन प्रयासरत सञ्चालन कमिटीले शुक्रबार हेमिल्टनगञ्ज हाईस्कूलमा बार्षिक कार्यक्रम‌ सम्पन्न गऱ्यो।
उक्त अवसरमा स्थानीय विद्यार्थीहरूले सांस्कृतिक औ साङ्गेतिक समारोह प्रस्तुत गरेको थियो। महाविद्यालय सम्बन्धमा आफूहरूले सरकारसित आवेदन गर्दै आईरहेको र हाल यसलाई सञ्चालनमा ल्याउन एकजना पिन्सिपल पनि नियुक्त गरिएको सञ्चालन कमिटीको सदस्यहरू रञ्जित घोष, गणेश महली र विनय नार्जीनारीले जनाएका छन्। उपरोक्त सम्बन्धमा महाविद्यालय सञ्चालन कमिटीको सदस्यहरू एवम् प्रिन्सिपल अशोक भट्टाचार्यले चाँढ़ै उत्तरबंगाल चारुकला महाविद्यालयको मान्यता स्वीकृत भए यसले यहाँका विद्यार्थीहरूलाई नयाँ बाटो देखाउने र केही सकारात्मक एवम् असल समाजको निर्माण हुनमा बल पुग्ने बताउँदै बार्षिक कार्यक्रम‌ सम्पन्न गरीएको जनाएका छन्। सञ्चालक समितिको पक्षबाट रञ्जित घोषले महाविद्यालयको निम्ति उत्तर लोथाबारीमा अगावै १५ एकर जमीन तयार रहेको र सरकारी स्वीकृति पाए महाविद्यालय निर्माण हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement