सिलगढी: उत्तरबंगाल विकास मन्त्री बेपता भएका छन्। सिलगढीको उत्तरकन्यामा डीवाईएफआई-को तर्फबाट यस प्रकारको पोस्टर टाँसिएको छ। डीवाईएफआईका कार्यकर्ताहरू आज एउटा र्यालीको आयोजना गरेर उत्तरकन्या पुगेका थिए। उक्त र्यालीमा संगठनका राज्य सचिव मिनाक्षी मुखोपाध्याय पनि सामेल थिइन्। डीवाईएफआई-को आरोप अनुसार उद्यन गुहाले उत्तरबंगाल विकास मन्त्रीको पदमा शपथ ग्रहण गरेका थिए। तिनले सरकारद्वारा विभिन्न सुविधाहरू लिइरहेका छन्। तर साधारण मानिसहरू भने अतिआवश्यक सुविधाहरूबाट वञ्चित छन्। उत्तर बङ्गाल विकास मन्त्री कार्यालयमा नआएकोले गर्दा संगठनले मन्त्री बेपता भएको भन्दै पोस्टरहरू टाँसेको बताइएको छ। पोस्टर टाँस्ने क्रममा पुलिसले संगठनका सदस्यहरूलाई बाधा दिएका थिए। यस विषयमा मिनाक्षी मुखोपाध्यायले भनिन्, उत्तरबंगाल विकास मन्त्री कहाँ छन् भन्ने विषयमा हामीहरू जान्न चाहन्छौँ। डीवाईएफआई-को तर्फबाट आगामी १३ अप्रेलमा उत्तरकन्या अभियान चलाउने भएकोले उक्त दिन कुनै बाधा स्वीकार गरिने छैन,उनले भनिन्।