८ करोड ६१ लाख ४६ हजार रुपियाँको सूनसहित एक महिला र एक पुरुष पक्राउ

f8558122-d267-4348-8843-c148a411804e

सिलगढी: केन्द्रीय राजस्व गुप्तचर ब्यूरोले अवैध विदेशी सूनसहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ। जसमध्ये एक महिला र एक पुरुष रहेका छन्। पक्राउ परेका दुवै मिजोरामका बासिन्दा रहेको बताइएको छ। उनीहरूको साथबाट साना -साना सिलिन्डरहरूमा अलग -अलग राखिएका १३ वटा सुनको बार बरामद भएको छ। पक्राउ पर्नेहरूको नाम मार्क चिङ्सियानपावा (२९) र लियांगालुनी (३६) रहेको छ। एक सूचनाको आधारमा हिजो राति डीआरआईले जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको फाटापुकुरको पानीकौरी टोल प्लाजा क्षेत्रमा छापा मारेको थियो। त्यहाँ उनीहरूले एउटा कार नियन्त्रणमा लिएका थिए। कारबाट अवैध सुन बरामद भएको छ। उक्त कारमा चालकसहित तीनजना सवार रहेको बताइएको छ।
तर, चालक घटनामा संलग्न नभएको भन्दै डीआरआईले पक्राउ गरेको छैन। उनीहरूले ती चालकलाई असमदेखि लिएर आएको बताइएको छ। दुवैजनाले निजी कारमा असमबाट कोलकतामा सुन लैजाँदै गरेको बताइएको छ। बरामद सुनको अनुमानित बजार मूल्य ८ करोड ६१ लाख ४६ हजार ८ रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement