दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा प्रदर्शन

729531e0-ab6e-4afd-9f4b-43396ef378ff

सिलगढी: नक्सलबारी ब्लक कङ्ग्रेस कमिटीले कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद रद्दको बिरूद्ध शुक्रवार नक्सलबारीमा धर्ना दिए। संगठनका सदस्यहरूले शुक्रबार नक्सलबारीस्थित पार्टी कार्यालय अगाडि धरना दिएका थिए । धरना कार्यक्रममा प्रदेश कङ्ग्रेस पर्यवेक्षक वीपी सिंह, जिल्ला अध्यक्ष तथा पूर्व विधायक शंकर मालाकार, सुबिन भौमिक, जीवन मजुमदार आदि उपस्थित थिए। यसदिन शंकर मालाकारले भाजपा सरकारले देशमा एक किसिमको हिटलर शासन स्थापना गरेको आरोप लगाए। तर, आगामी दिनमा सबै विपक्षी दलहरू मोदी सरकारविरुद्ध एकजुट भएर भाजपालाई सत्ताबाट हटाउनेछन् भन्ने कुरा जनताले बुझेका छन्,उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement