सिलगढी: सिलगढीको प्रधाननगर थाना अन्तर्गतका विभिन्न घरमा चोरीका धेरै घटनाहरूको छानबिन गरेपछि प्रधाननगर थानाको पुलिसले गए राति सिलगढीको गुरुङबस्ती क्षेत्रबाट २ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई शुक्रबार दिउँसो सिलगढी अदालतमा पेश गर्दा अदालतले ४ दिनको लागि पुलिस हिरासतमा राख्न आदेश दिएको छ। पक्राउ पर्नेमा गुरुङ बस्ती क्षेत्रका बिगेन गुरुङ र धर्मनगर इलाकाका अजय शर्मा रहेका छन्। पुलिस स्रोतका अनुसार, चोरीको घटनाबारे यस क्षेत्रबाट हालचालै उजुरीहरू आईरहेका थिए। यसैको आधारमा प्रधाननगर पुलिस चौकीले अनुसन्धान थालेको थियो। अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको छ। पुलिसले उनीहरूलाई हिरासतमा लिएर विस्तृत सोधपुछ गरिरहेको छ। त्यसैको आधारमा पुलिसले चोरी भएको केही समान बरामद गरेको छ भने बाँकी समानको खोजी- तलासीको काम काम पनि सुरु गरेको छ।