सिलगढीः सिलगढी तराई लायन्स क्लबद्वारा ३००औँ रक्तदान शिविरको आयोजना गरियो । शुक्रबार लायन्स क्लबको सिलगढीस्थित भवनमा आयोजित यो रक्तदान शिविरको उद्घाटन सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले गरेका थिए। लायन्स क्लब सिलगढी तराईले रक्त आभाव समाधान गर्न सिलगढीसहित उत्तर बंगालका विभिन्न क्षेत्रमा विभिन्न समयमा रक्तदान शिविर आयोजना गर्दै आएको छ ।भविष्यमा उनीहरूले वर्षको ३६५ दिननै रक्तदान शिविर आयोजना गर्ने लक्ष्य राखेका छन् । संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले यही लक्ष्यलाई मध्यनजर गर्दै आगामी दिनमा आफ्नो कामको गति बढाउने बताएका छन्।