सिलगढी: सूर्यनगर बजरंगबली पूजा समिति, तातबाड़ीद्वारा हनुमान जयन्तीको उपलक्ष्यमा आँखा जाँच शिविरको आयोजना गरिएको थियो। स्वर्गीय सुनील दासको प्रेरणा स्वरुप सिलगढी लाइन्स नेत्रालयको सहयोगमा मन्दिर परिसरमा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो। शिविर बाहेक “चित्रकला प्रतियोगिता” र प्रसाद वितरण कार्यक्रमको पनि आयोजना गरिएको थियो।