कोभिड़ सिक्किम: राज्यमा कोरोनाको १ नयाँ मामिला, १ जनाको मृत्यु

IMG_20210910_192109-1-2.jpg

गान्तोक: राज्यमा कोरोनाको नयाँ मामिला फेरी बढ्न लागेको छ। राज्यमा आज कोरोनाको १ नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै लामो समयको अन्तरालपछि, आज राज्यमा कोरोनाले १ जनाको मृत्यु पनि भएको छ।

हिजो कूल १०४ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेको मा, पूर्व जिल्लाबाट १ जनामा संक्रमण पुष्टि भएको छ। राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा उपचारधीन संक्रमित रोगीहरूको संख्या बढेर ९ पुगेको छ।

हालसम्म राज्यमा ३७,९६६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१७५ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement