जलपाइगढी: सडकमा उँड्ने धुलोका कारण स्थानीयवासी वाक्क-दिक्क छन्। जीर्ण सडक मर्मतको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । जलपाइगढी-मोहितनगर, झाबरी मोड , नवापाडा, रायपाडा क्षेत्रको अवस्था अति दयनीय छ। सडक मर्मतको काम सुरु भएपनि लामो समयदेखि सडकको काम पूरा हुन नसकेको आरोप छ । जसका कारण सडकको धुलोका कारण स्थानीयवासीदेखि स्थानीय पसल तथा बटुवाहरु सास्तीमा परेका छन् ।आक्रोशित जनताले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् । जलपाइगढी इलाका ट्राफिक पुलिस घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।