सिलगडी: सेना, एनडीआरएफ, टीआरआरसी र डीएमजी पश्चिम बंगाल पुलिसको संयुक्त टोलीका चार दिनको अथक खोजी अभियानपछि दुर्घटनामा टिस्टा नदीमा डुबेका सेनाका चालकको शव उद्धार गरिएको छ । गत १ अप्रेल सेनाको ट्रक सडकबाट चिप्लिएर टिस्टा नदीमा खसेको थियो र त्यसबेलादेखि चालकको खोजी कार्य चलिरहेको थियो । मृतक सैनिकको शव पोस्टमार्टमपछि सम्बन्धित अधिकारीहरूबाट सेनाले कब्जामा लिएको छ र पूर्ण सैन्य सम्मानका साथ उनको गाउँ सिलीपुर, जिल्ला मेहसाना, गुजरातमा अन्तिम संस्कारको लागि पठाइएको छ। मृत्यु हुने सिपाहीको नाम ठाकोर रासङजी सावजी रहेका छन् भने मृतकका श्रीमती र नौ महिनाका छोरा रहेका छन् । २५ वर्षीय सिपाही चालाक गत ४ वर्षदेखि सिक्किम र पहिले जम्मू-काश्मीरमा कार्यरत थिए। दुर्घटनाको कारण पत्ता लगाउन पुलिस र सेनाको विभागीय अनुसन्धान भइरहेको छ । सेना, प्रशासन र प्रकोप उद्धार एजेन्सीहरूका अनुभवी पौड़ीबाजहरूको संयुक्त टोलीले अत्यधिक तालमेल र व्यावसायिकता प्रदर्शन गरी टिस्टा नदीमा पानीमुनि खोजी अभियान सञ्चालन गरेको थियो।