रुपियाँसहित दोकानमा रहेको सर-समानहरू चोरी

IMG_20220609_165949.jpg

राजगञ्ज। पान दोकानको देवाल भत्काएर केही नगद रुपियाँसहित दोकानमा रहेको सर-समानहरू चोरी भएको छ। घटना जटियाकालीमा भएको हो। दोकान मालिक तफिजुल हकले बताएअनुसार प्रत्येक दिन झैँ हिजो राति ११ बजी तिनी दोकान बन्द गरेर घर गएका थिए भने आज बिहान तिनी दोकान खोल्न जाँदा दोकानको देवालको केही अंश भत्काएर दोकानबाट नगद राशिसहत सर-समानहरू चोरी गरेर लगेको थाहा पाए।
लगभग १ वर्ष अघि पनि दोकानमा यस्तै प्रकारले चोरी भएको तिनले बताए। उक्त घटनापछि स्थानीय व्यवसायी लगायत स्थानीय मानिसहरूले इलाकामा पुलिसको नजरदारीको माग गरे। घटनाको जाँच शुरु गरेको एनजेपी थाना पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement