सिँचाई नालाको बाँध भत्किन्दा असुविधामा गाउँलेहरू

IMG-20220609-WA0122.jpg

कालचिनी। दक्षिण लोथाबारी बस्तीको सिँचाई नाला (कुलो) को बाँध भत्किएकोले दक्षिण लोथाबारी भगतपाड़ाका प्रायः ५ वटा घरहरूमा उक्त कुलोको पानी पस्नाले आज गाउँलेहरू आत्तिएको थियो। बिहानको मुसलधारे पानीले कुलोको पानी ओभरफ्लो हुँदा भगतपाड़ाका गाउँलेको आँगन र घरभित्र पानी पसेको थियो भने उक्त पानीको भङ्गालो गाउँतिर पस्नाले सिँचाईको खेतमा पानी नपुगेको गाउँलेहरूले जनाएका छन्। गाउँलेहरू नाबुल ठाकुर, सत्यमान उराउँ, सन्तोषी खाखाले बर्षाको भङ्गालोले कुलोको बाँध भत्किएको र यसले गाउँलेहरूको घरमा पानी पसेर बाढ़जन्य परिस्थितिको सृजना भएको र अर्कोतिर कुलोको पानी सिँचाईको खेतमा नपुगेकोले यथाशीघ्र ग्राम पञ्चायतले यसको बाँध निर्माण साथै कुलोको सफाई गर्ने दाबी गाउँलेहरूले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement