लोथाबारी ग्राम पञ्चायतलाई दुई भाग गर्ने पक्षमा निमती क्षेत्रका बासिन्दाहरू

IMG-20220609-WA0121.jpg

कालचिनी। कालचिनी खण्डको जम्मा ११ वटा ग्राम पञ्चायतमध्ये धेरै ग्राम पञ्चायतहरुलाई एक र दुई भागमा विभाजित गर्ने मागहरु उठिरहेको क्रममा कालचिनी खण्डको लोथाबारी ग्राम पञ्चायतलाई दुई भाग गर्ने दाबी निमती क्षेत्रका बासिन्दाहरूले उठाएका छन्। लोथाबारी ग्राम पञ्चायत कार्यालय हेमिल्टनगञ्जमा अवस्थित रहेका छन् भने यस ग्राम पञ्चायत अन्तर्गत जम्मा २० जना पञ्चायत सदस्यहरू रहेका छन।
यी २० पञ्चायत सदस्यमध्ये १० जना पञ्चायतहरु निमती झोड़ा चियाबारी लगायत निमती दोमोहनी क्षेत्र र दक्षीण लोथाबारी बस्ती क्षेत्रबाट रहेको छ। निमती झोड़ा चियाबारीबाट प्रायः १९ किलोमीटर टाढ़ा लोथाबारी ग्राम पञ्चायत कार्यालय पुग्न धेरै गाह्रो त्यसमाथि अहिले वाहन किराया अत्यधिक बेहोर्नु परेको स्थिति र कतिपय असुविधालाई हेरविचार गरेर क्षेत्रबासीले यथाशीघ्र लोथाबारी ग्राम पञ्चायतलाई एक र दुई नम्बर ग्राम पञ्चायतमा विभक्त गरिदिने माग उठाएका छन।
यस सम्बन्धमा क्षेत्र बासिन्दाहरुले जनहस्ताक्षर गरेर एउटा ज्ञापन मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष पुऱ्याएको पनि निमती झोड़ा चियाबारीको तृणमूल नेता औ स्थानीय बासिन्दाहरु क्रमैले प्रशान्त बर्मन, निखिल बर्मन, राजकुमार लामा, कुसमी बारा उराँव, मोहन लोहार, पञ्चायत सदस्य उत्तम ग्वाला, सङ्गीता लोहार आदिले आज एउटा प्रेसवार्ता मार्फत जनाएका छन्। मूलतः निमती दोमोहनी र निमती झोड़ा चियाबारीमा प्रायः आदिवासी, मेच, राजवंशी एससी एसटी कम्युनिटीका मानिसहरूको बसोबास रहेकोले माननीय मुख्यमन्त्री ममता ब्यानर्जीले यसलाई सहानुभूति राखेर अवश्यै पुरा गर्ने निमती झोड़ा चियाबारी र निमती दोमोहनी क्षेत्रका बासिन्दाहरूले आशा गरेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement