चोटग्रस्त रिचर्डसनको स्थान लिन मुम्बई इण्डियन्समा आए मेरेडिथ

IMG-20230407-WA0102.jpg

७ अप्रेलः मुम्बई इण्डियन्सले चोटग्रस्त झाय रिचर्डसनको विकल्पको रूपमा रिली मेरेडिथलाई टीममा सामेल गऱ्यो। रिचर्डसनको खुट्टाको मांसपेशीमा चोट रहेको छ अनि उनी इण्डियन प्रीमियर लीग (आईपीएल) बाट बाहिर भएका छन्। उनको विकल्पको रूपमा मुम्बई इण्डियन्स टीममा स्थान पाउने अष्ट्रेलियाई पेस बलर मेरेडिथले पाँचवटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेर ८ विकेट लिएका छन्। यस २६ वर्षीय पेस बलरले यसअघि आईपीएलमा पञ्जाब किंग्स र मुम्बई इण्डियन्सबाट खेलेका थिए। मेरेडिथ यसपाली १.५ करोड़ रुपियाँको अनुबन्धमा मुम्बई इण्डियन्समा आएको सूत्रबाट थाहा लागेको छ। उल्लेखनीय छ, पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्स अहिले खेलाड़ीहरूका चोट आघातको समस्यासँग जुझिरहेको छ। अनुभवी पेस बलर जसप्रीत बुमराह चोटले गर्दा अगावै पूरा सीजनबाट बाहिर भएका छन्। उनको स्थानमा सन्दीप शर्मालाई टीममा सामेल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement