७ अप्रेलः ईंग्ल्याण्डका पेस बलर रीस टोप्ले काँधको हड्डी फुस्किदा इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ सीजनबाट बाहिर भएका छन्। मुम्बई इण्डियन्स विरुद्ध खेलिएको म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) का खेलाड़ी टोप्लेलाई फील्डिंग गर्दा काँधमा चोट लागेको थियो। आरसीबीका मुख्य प्रशिक्षक सञ्जय बांगड़ले भने, टोप्ले आईपीएलबाट बाहिर भएका छन् अनि उनी स्वदेश फर्किएका छन्। उनको विकल्पको घोषणा चाँड़ै गरिनेछ।

यसको साथमा बांगड़ले श्रीलंकाई स्पिनर वानिन्दा हसरंगा १० अप्रेल अनि अष्ट्रेलियाका दिग्गज पेस बलर जोस हेजलवुड १४ अप्रेलसम्म टीममा सामेल हुने आशा व्यक्त गरे। चोटले गर्दा हेजलवुड हालै भारत विरुद्ध खेलिएको टेस्ट सीरीजबाट पनि बाहिर रहेका थिए।