पत्रकार सुवास छेत्रीले आफ्नो चुनावी प्रचार शुरू

Untitled-1-copy

खरसाङ-: जीटीए चुनाउमा पखाबारी-अम्बटे-लङ्गभ्यू समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा भएका पत्रकार सुवास छेत्रीले आफ्नो चुनावी प्रचार शुरू गरेका छन्। विशेषगरी तिनले घर दैलोमा गएर आफू चुनावमा एक स्वतन्त्र उम्मेद्वारको रूपमा किन खड़ा हुनु पऱ्यो? भन्ने विषयहरू मानिसहरूलाई बताइरहेका छन्। अब प्रत्येक कमान-बस्तीका मानिसहरूले पनि झण्डा र राजनीतिदेखि माथि उठेर आफ्नो गाउँको विकास, चिया श्रमिकहरूको समस्या समाधान अनि शिक्षा, साहित्य, रोजगार आदिको उन्नतिको निम्ति निष्पक्ष भएर कार्य गर्नु पर्छ भनी बताए। तिनले यसपल्ट तिनी चुनाउमा ती शोषित, पीड़ित र हेलित जनताको आवाज बनेर एक स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा भएको जनाउँदै सबैको साथ र सहयोग पाएर जीत हासिल गरेको खण्डमा सर्वप्रथम उनीहरूकै निम्ति कार्य गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement