ग्राहकहरूलाई सुन,डायमण्ड र प्लेटिनममा १०० भन्दा बढी विशेष डिजाइनहरूबाट छनौट गर्न छुट
कोलकाता: सेन्को गोल्ड एन्ड डायमण्ड्स, पूर्वी भारतको सबैभन्दा ठूलो संगठित गहना खुद्रा विक्रेता (स्टोरहरूको संख्या अनुसार) ले आज ‘बङ्गाल उत्सव २०२२’ को शुरुवातको घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले रु. १९,००० बाट शरु हुने सुन, डायमण्ड र प्लेटिनमका १०० भन्दा बढी डिजाइनका विशेष हस्तशिल्प गहनाहरू छनौट गर्न सक्नेछन्। सेन्को गोल्ड एन्ड डायमण्ड्समा वर्षौंदेखि काम गरेका दक्ष कारीगरहरूद्वारा चुराहरूको यी नवीनतम सङ्ग्रहहरू उत्कृष्ट रूपमा बनाइएका छन्।
परम्परागत भारी सुनका चुराहरूदेखि दैनिक रूपमा लगाइने हल्का चुराहरूसम्म महिलाको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। तिनीहरू राम्रो भाग्य र समृद्धिको प्रतीक हुन्। समयसँगै चुराहरू तिनीहरूको समकालीन लुक अनुरूप परिवर्तन भएका छन्, तर तिनीहरू आज पनि त्यति नै महत्त्वपूर्ण छन् जति तिनीहरू एक सहस्राब्दी पहिले थिए। नयाँ अफरको एक हिस्साको रूपमा, कम्पनीले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट समकालीन फिलिग्री र टेक्सचर वर्क, ह्यान्डक्राफ्टेड साथै मेसिन मेड कास्टिङ ज्वेलरी ल्याएको छ।

‘बङ्गाल उत्सव २०२२’ को सुरुवातको घोषणा गर्दै, सेन्को गोल्ड एन्ड डायमण्ड्सका निर्देशक सुश्री जोयता सेनले भनिन्, “हामी भारतभरका हाम्रा आदरणीय ग्राहकहरूलाई बङ्गाल उत्सव २०२२ घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं। बङ्गाल उत्सव, हाम्रा लागि नारीत्वको उत्सव हो। धेरै जिम्मेवारी बहन गरेर हाम्रो समाजलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्ने आजका महिलाहरूलाई सम्मान गर्ने भावना हो। हामीसँग गोल्ड, डायमण्ड र प्लेटिनमका १०० भन्दा बढी उत्कृष्ट हस्तकलाका डिजाइनहरू हाम्रो प्रयासमा छन्। उनीहरूको सुन्दर हातहरू सजाउनु र उनीहरूको व्यक्तित्व व्यक्त गर्न मद्दत गर्नु हो किनभने यी हातहरू हुन् जसले हेरचाह गर्छन्, सन्तुष्ट हुन्छन्, निर्णय गर्छन् र विश्वास गर्छन्।”
कम्पनीले सुन, हिरा र प्लेटिनम चुरामा पनि छुट दिएको छ। ग्राहकहरूले कम्पनी स्टोरमा गएर वा यसको ई-कमर्स प्लेटफर्म https://sencogoldanddiamonds.com मार्फत अनलाइनमा गएर यो अफरको फाइदा लिन सक्नेछन्।
- सुनका गहना: मेकिंग शुल्कमा २५% सम्म छुट।
- हीराका गहना: हीराको मूल्यमा ७% सम्म छुट, हिराका चुराहरूमा थप ५०% सम्म छुट।
- प्लेटिनम चुराहरू: मेकिंग चार्जमा २०% छुट।
- प्रस्ताव १९ जुन सम्म मान्य छl










