गान्तोक। सिक्किम सरकारको पहलमा राज्यका पछौटे भाषाहरूको विकासलाई बल प्रदान गर्न शिक्षा विभागले शुरु गरेको स्टेट बोर्ड अफ इन्डिजिनियस ल्याग्वेजेसले आज सात वटा क्षेत्रिय अल्पविकसित भाषाहरूको वार्षिक परिक्षा आयोजन गऱ्यो। शिक्षा विभागको भाषा संकायको तत्परतामा वर्ष २०२२-२३ को निम्ति विभिन्न सातवटा भाषाका जम्मा ३ सय ८१ जना विद्यार्थीले कक्षा नवौं, दशौं, एघारौं र बाह्रौंको परिक्षा दिएका छन्। गान्तोकको टीएनएसएसएसको प्रेक्षागृहमा सम्पन्न परिक्षामा राई भाषाका १११, तामाङ भाषाका ९१, शेर्पा भाषाका ७५, गुरुङ भाषाका 38मंगर भाषाका ३८,नेवार भाषाका २८ तथा मुखिया भाषाका १३ जना विद्यार्थी परिक्षामा बसेका छन्। ती मध्ये मुखिया भाषाको नवौं श्रेणीको मात्र परिक्षा थियो भने नेवार भाषाको नवौं र दशौं श्रेणीको परिक्षा सम्पन्न भयो। गुरुङ र मंगर भाषाको नवौं देखि एघारौं श्रेणीसम्मको परिक्षा सम्पन्न भयो।
सिक्किम सरकारले क्षेत्रिय भाषाको विकासको निम्ति २०२२ सालमा कानुन बनाएर नै यसरी पाठशाला नगई परिक्षा दिने व्यवस्था गरेको तथा यसबाट केवल राज्यभित्रका मात्र नभएर राज्य बाहिरका प्राथमिक स्तरको क्षेत्रिय भाषाको शिक्षा प्राप्त कुनै व्यक्तिले परिक्षा बसेर अन्तरराष्ट्रिय मान्यता हुने प्रमाणपत्र पाउन सक्ने विभागका अतिरिक्त निदेशक छुकसुंग लेप्चाले जानकारी दिएका छन्। डिस्टेन्स एडुकेशनको मानकमा गराइने यो परिक्षाको निम्ति ८० अंकको लिखित परिक्षा ५ अंकको अन्तर्वार्ता, ५ अंक परियोजना कार्य हुनेछ भने १० अंकको एसाइनमेन्ट गर्नुपर्ने बताए।
२०१९ सालदेखि यो परिक्षा व्यवस्था शुरु भएको हो तथा भाषाका शिक्षक सरकारी कर्मचारी र आम मानिसहरू परिक्षार्थीको रूपमा रहेको बताए। यसैगरि उनले यसरी डिस्टेन्स एडुकेशन प्रणालीमा शिक्षा लिनको निम्ति विभागमा नाम दर्ता गराएर जो कोहीले पनि गर्न सक्ने व्यवास्था रहेको बताए। उनले यी क्षेत्रिय भाषा धनी भए पनि यसको विकास नभएको कारण राज्य सरकारले स्टेट बोर्ड अफ इन्डिजिनियस ल्याग्वेजेस एक्ट २०२२ मा गठन गरेर यो कार्यक्रम शुरु गरिएको बताए। उनले यसरी शुरु गरिएको शिक्षा प्रणालीमा धेरैले चासो देखाइरहेको अनि भाषाको विकासमा सबै अघि आउऩु पर्ने बताए। यो परिक्षा दिनको निम्ति सम्बन्धित समुदायको साहित्यिक संस्थाले एलिमेन्ट्री एडुकेशन पुरा गरेको प्रमाणपत्र दिएपछि भर्ना गर्न सकिने बताए। उनले राज्य सरकारले शुरु गरेको भाषा विकासको पहलमा सबैले चासो देखाइरहेको अनि यसमा कुनै उमेरको सीमा नरहेको राज्य र राज्यबाहिर कहीबाट पनि विद्यार्थीले भर्ना लिन सक्ने तथा यस प्रकारको कार्य सिक्किमबाट नै पहिलोपल्ट शुरु गरिएको जनाए। यसको निम्ति भर्ना शुल्क ५ सया रूपियाँ अऩि परिक्षा शुल्क ५ सय रूपियाँमात्र लाग्ने तथा नवौं श्रेणीबाट भर्ना शुरु गरिने जानकारी दिए
भाषा मासिए जाति मासिन्छ र जाति बँचाउने हो भने भाषा बचाउने यो अभियानमा सबै अघि आउनुपर्ने अतिरिक्त निदेशक लेप्चाले बताए। उनले सरकारको भाषा बचाउने अभियानमा सबै जुट्नुपर्ने बताए।