गान्तोकः जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले राजधानीको आम्दो गोलाईदेखि जिल्ला प्रशासनिक केन्द्र परिसरसम्म ऱ्यालीको अनुमति पाएको छ। उक्त जानकारी गान्तोक जिल्ला पुलिसले दिएको छ। जेएसीको उक्त ऱ्याली सिङताममा प्रस्तावित रहेको थियो।
गान्तोक जिल्ला पुलिसले जेएसीलाई राजधानीको आम्दो गोलाईदेखि जिल्ला प्रशासनिक केन्द्र परिसरसम्म ऱ्याली गर्ने अनुमति प्रदान गरिएको, तर जेएसीले सिङताममै ऱ्याली गर्ने कुरामा जोर दिइरहेको बताएको छ। पुलिसले सिङताममा रक्तदान शिविर चलिरहेको बताउॅंदै ट्राफिक, पैदलयात्री र जारी कार्यक्रमका कारण सिङताममा ऱ्याली गर्नु उपयुक्त नरहेको बताएको छ।
पुलिसले अहिलेसम्म सबैलाई ऱ्यालीको निम्ति अनुमति प्रदान गरिएको र कसैलाई पनि अस्वीकार नगरिएको बताएको छ। कानून एवं व्यवस्था, ट्राफिक र अन्य विषयहरूका कारण जेएसीलाई सिङताममा ऱ्यालीको अनुमति नभए तापनि जेएसी सिङताममा ऱ्याली आयोजन गर्ने कुरामा अडिग रहेको पनि पुलिसले बताएको छ।