कोलकताः माकपा नेता सुजन चक्रवर्ती बिरामी भएका छन्। बिहिवार दिउॅंसो उनलाई आरएन टेगोर अस्पतालमा भर्ती गरियो।पार्टी सूत्रहरू अनुसार, सर्दी खोकी र सास लिन समस्या भएपछि उनलाई अस्पतालमा भर्ती गरिएको हो। चिकित्सकहरूले जॉंच गरेपछि उनलाई आरएन टेगोर अस्पतालमा भर्ती गरियो।
अस्पातल सूत्रहरू अनुसार, अहिले उनको स्वास्थ्य चिन्ताजनक छैन। उनको विभिन्न जॉंच गरिएको छ। उनलाई ४८ घण्टासम्म अस्पतालमा राखिने छ। उनको चिकित्साको निम्ति विशेषज्ञ चिकित्कहरूको टीम गठन गरिएको छ।