कोलकताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्सले हावड़ा स्टेशन नजिक दश लाख रूपियाँको मादक पदार्थको साथ दुई तस्करलाई पक्राउ गरेको छ। यिनीहरूको पहिचान काजल विश्वास (४५) र चन्दन कुमार रजक (२२) को रूपमा गरिएको छ।एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले बिहीवार साझँ यसबारे जानकारी गराउँदै भने, हावड़ा रेलवे स्टेशन नजिक यिनीहरूको उपस्थितिको सूचना एसटीएफलाई पहिले नै भएको थियो। यसपछि स्थानीय गोलाबीर थानाको साथ मिलेर घेराब्दी गरियो औं यिनीहरूलाई समाइयो।
जानकारी अनुसार, यसमध्ये काजल उत्तर २४ परगनाको एक गाउँको बासिन्दा हो भने चन्दन झारण्डको कोडरमा जिल्लाबाट यहाँ आएको थियो। यिनीहरूको तलाशी लिँदा यिनीहरूदेखि ४२१ ग्राम हेरोइन उद्धार गरिएको छ। अन्तरराष्ट्रिय बजारमा यसको मूल्य १० लाख रूपियाँ बताइएको छ। एनडीपीएस एक्ट अन्तर्गत थानामा मामिला दर्ता गरी यिनीहरू विरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।