घर-घर गएर बताउ, केन्द्रले फण्ड दिईरहेको छैन: ममता

मुख्यमन्त्री ममता ब्यानर्जी

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले पार्टी नेताहरूलाई महत्वपूर्ण काम दिएकी छिन्। पूर्व मेदिनीपुरको हेलीप्याड ग्राउण्डमा हेलीकप्टरमा सवार हुनअघि धेरै पार्टी नेताहरूसित तिनले कुरा गरिन्। उनले स्पष्ट निर्देश दिएकी छन् कि १०० दिनको रोजगार गारन्टी योजनाको निम्ति जसले पनि काम गरिरहेका छन्, केन्द्रले उनीहरूको फण्ड रोकेको छ। यस बाहेक आवास योजना, सड़क निर्माण समेत अन्य धेरै योजनाहरूको फण्ड रोकिएको छ, तपाईहरूको काम घर-घर गएर बंगालका सामान्य मानिसहरूलाई कुन प्रकारले मानिसहरूलाई सताउनका लागि केन्द्रले पश्चिम बंगालको फण्ड रोकेर राखेको छ, यो बताउनु हो।
वस्तुतः तृणमूल कांग्रेस रमजानको महिना समाप्त हुनसाथ दिल्लीमा केन्द्र विरूद्ध धरनाको तयारीमा छ। अभिषेक ब्यानर्जीको नेतृत्वमा एक दिन अघिमात्र तृणमूल सांसदहरूको प्रतिनिधिमण्डलले केन्द्र सरकारको प्रतिनिधिसत भेट गरी यस सम्बन्धमा आपत्ति व्यक्त गरेको छ। यसपछि अब ममता ब्यानर्जी यसलाई घर-घर पुऱ्याउने प्रयासमा जुटेकी छन्। ममताले भनिन्, केन्द्रले १०० दिनको रोजगार गारन्टी योजनाको ६० हजार करोड़ रूपियों रोकेर राखेको छ ताकि पश्चिम बंगालका मानिसहरूलाई सताउन सकियोस्। राज्य सरकारले ४० लाख कार्य दिवस यही रोजगार गारन्टी योजना अन्तर्गत सृजित गरेको थियो, जुन पूरा देशमा सबैभन्दा राम्रो रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement