गान्तोक: आज अन्तरराष्ट्रिय सहयोग परिषद् भारत, देहरादून च्याप्टरका अध्यक्ष एसएस कोठियालको अगुवाईमा २० सदस्यीय प्रतिनिधिमण्डलले राजभवनमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गरे। हालमा देररादून च्याप्टरका सदस्यहरू सिक्किम भ्रमणमा रहेका छन्। प्रतिनिधिमण्डलसँग भेट वार्ता अवधि राज्यपालले हर्ष व्यक्त गर्दै भने, रंग, रूप, भेष, भाषा, खानपान आदि अनेकतामा एकताको, विशेषता नै भारतीय मूल संस्कृति हो। उनले उपस्थित जनसँग यस दिशामा कार्यको निम्ति बधाई एवं शुभकामना पनि दिए। अन्तरराष्ट्रिय सहयोग परिषद्, भारतको मुख्य उद्देश्य विश्व-बन्धुत्व, विश्व शान्ति, अध्यात्म र अन्तरराष्ट्रिय सद्भावलाई सम्बोधित गर्नु हो।

जानकारी अनुसार, संस्थाले संसारका विभिन्न देशहरूसँग सम्बन्धित जनसमुदायको आशा र आकांक्षा, उनीहरूको सभ्यता र संस्कृति एवं उनीहरूलाई एक अर्काको नजिक ल्याउने दृष्टिले सम्मेलन, अध्ययन, बैठक र गोष्ठिहरूको आयोजन गर्दछ।