एकल विवाह: क्षमा आफैले आफैसित गरिन् विवाह

Kshama-BIndu

बडोदरा: बेहुली बन्ने सपना पूरा गर्दै गुजरातको बडोदराकी क्षमा बिन्दुले अन्ततः आफैंसँग विवाह गरिन्। विवादबाट बच्न क्षमाले ११ जूनमा निर्धारित समयभन्दा तीन दिन अगाडि बुधबार एकल विवाह गरिन्। यस्तो विवाहलाई सोलोगामी भनिन्छl क्षमा बिन्दुको एकल विवाहलाई लिएर विवाद सिर्जना भएको थियो। हिन्दु धर्ममा यस्तो विवाहको व्यवस्था नभएको बताइन्छ। क्षमालाई मन्दिरमा यस्ता विवाह गर्न नदिन पनि चेतावनी दिइएको थियो। क्षमाले दुलहा बिना सात फेरो लगाइन्l   उनलाई साथीभाई र आफन्तले हार्दी लगाइदिए। बडोदराकी पूर्व डेपुटी मेयर सुनिता शुक्लाले पनि क्षमालाई कुनै पनि मन्दिरमा विवाह गर्न नदिने चेतावनी दिएकी थिइन्। उनले भारतीय विवाह प्रणालीमा यस्ता विवाहलाई मान्यता नदिने पनि बताएका थिए। यो विदेशी वेब सिरिजबाट प्रेरित एक कदम रहेको बताएकी थिइन्। शुक्लाले एकल विवाहको प्रचलन बढेसँगै हिन्दुहरुको जनसंख्या घट्ने बताएकी थिइन्।

क्षमाले वडोदराको गोत्रीमा रहेको आफ्नो घरमा हिन्दु संस्कारअनुसार विवाह गरेकी हुन्। यो विशेष विवाहमा सात परिक्रमा गर्ने कोही बेहुला अनि पूजा गर्ने पण्डित पनि थिएनन्। बिहेमा क्षमाकी आफन्त बाहेक नजिकका साथीहरु मात्र उपस्थित थिए। भनिन्छ यस्तो विवाह देशमा पहिलो पटक हो। हालै मात्र क्षमा बिन्दुले अविवाहित हुने घोषणा गरेकी थिइन्। उनले ११ जूनमा वडोदराको एक मन्दिरमा आफ्नो विवाहको घोषणा गर्दै आफू विवाह गर्न नचाहेको तर परम्पराअनुसार विवाह गर्ने बताएकी थिइन्। क्षमाले विवाहको घोषणा गरेपछि विरोध शरु भयो। विरोध गर्नेको संख्या धेरै नभए पनि बिहेको दिन हंगामा हुनसक्ने डरले क्षमाले ११ जूनको सट्टा ८ जूनमा नै बिहे गरिन्। मन्दिरमा विवाहको विरोध र पण्डितले अनुष्ठान गर्न अस्वीकार गरे पनि क्षमा पछि हटेनन् र एकल विवाह गरिन्। पण्डितको अभाव पूरा गर्न टेपमा विवाह मन्त्र बजाएर अनुष्ठान गरिएको थियो। सोलोगामी विवाहको घोषणा गर्दा क्षमाले आफू कहिल्यै विवाह गर्न नचाहेको तर बेहुली बन्ने सपना देखेकाले आफैंले विवाह गर्ने निर्णय गरिन्। यसपछि क्षमाले इतिहासको खोजी गरिन् कि कुनै देशकी महिलाले आफैंसँग विवाह गरेकी छन् कि छैनन्? उनले इन्टरनेट र अन्य रेकर्डहरूमा त्यस्तो कुनै मामला फेला पारेनन्। यसपछि क्षमाको यो संकल्प बलियो भयो। उनले एकल विवाह गरेर देशमा उदाहरण बनाउने ठानिन्।

क्षमा एउटा निजी कम्पनीमा काम गर्छिन्l उनले भनिन्, ‘कतिपयले यसलाई अप्रासंगिक मान्न सक्छन्, तर म महिलाको महत्व देखाउन चाहन्छु।’ उनका आमाबाबु खुल्ला विचारको रहेको र यो विवाहको लागि आशीर्वाद दिएको बताइएको छl क्षमा अब बिहेपछि दुई हप्ता हनिमुनको लागि गोवा जाने भएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *