डा. हर्षवर्द्धन श्रृङ्लाको जीवनीमा आधारित डा. दिपमाला रोकाद्वारा लिखित पुस्तक ‘नट् एन एक्सिडेन्टल राईस’को लोकार्पण

IMG-20230406-WA0230.jpg

दार्जिलिङ: भारत सरकारका पूर्व विदेश सचिव तथा जी २० का मुख्य संयोजक डा. हर्षवर्द्धन श्रृङ्लाको जीवनीमा आधारित पुस्तक ‘नट् एन एक्सिडेन्टल राईस'(Not An Accidental Rise)-को आज एउटा कार्यक्रमबीच दार्जिलिङको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान नर्थ पोइन्ट स्कूलमा लोकार्पण गरिएको छ। डा. दिपमाला रोकाद्वारा लिखित उक्त पुस्तक डा हर्षवर्द्धन श्रृङ्ला, लेखिका डा. दिपमाला लगायत वरिष्ठ साहित्यकार तथा अन्य वरिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा लोकार्पण गरिएको थियो। यस अवसरमा उक्त अंग्रेजीमा लेकिएको पुस्तक “नट् एन एक्सिडेन्टल राईस’ (Not An Accidental Rise) -को आज नेपाली भाषामा (डिजिटल) पनि सार्वजनिक गरिएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशेष गरेर दार्जिलिङ पहाडका युवाहरूलाई सन्देश दिन्दै डा. हर्षवर्द्धन श्रृङ्लाले भने, दार्जिलिङका स्मार्ट युवाहरू अहिले न्यूयोर्कमा देख्न सकिन्छ, दुबईमा देखिन्छ, सिंगापुरमा देखिन्छ। यसको साथै देशका ठूला शहरहरू मुम्बई, दिल्ली, चेन्नईहरूमा पनि देखिन्छ।’

विविध क्षेत्रमा यहाँका युवाहरूको सफलता अनि क्षमताहरूमाथि जोर दिँदै उनले अझ भने, हामीले अब आफ्नै ठाउँ, आफ्नै जिल्ला अनि आफ्नै क्षेत्रमा नै विशेष हाम्रा युवाहरूलाई राम्रो अवसर साथै सुखमय जीवनको खोजी गर्ने क्षमता प्रदान गर्नु अति आवश्यकता छ। अब आफ्नै ठाउँमा, आफ्नै घरमा यस्ता क्षमताहरूको सृजना गरेर कार्यान्वित रूपमा प्रयोग गर्नुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement