कालचिनीः जङ्गल मास्न काठ माफियाहरूलाई तह लगाउन एवम् वन्यप्राणीको सुरक्षाको निम्ति नियमित ड्युटी खटने बीट अधिकारीहरूको निम्ति बक्सा ब्याघ्र प्रकल्पले यसको पूर्व र पश्चिम विभाग मिलाएर जम्मा ३० वटा मोटरबाइक उपलब्ध गराएको छ।
जङ्गल टहलदारी गर्न उक्त मोटरबाइकमा सवार भएर कोर क्षेत्र अनि हात्तीको कोरिडोरहरूमा बीट अधिकारीहरूको नेतृत्वमा बनकर्मीहरूले नियमित नजर राख्ने बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेनले जनाएका छन्। केवल वन्यजीवको सुरक्षा मात्र नभएर हात्तीलाई गाउँमा प्रवेश गर्न नदिन मोटरबाइक टहलदारी गरिने र यसले गाउँ बस्ती र साँघुरो बाटोको दौड़ाहा गर्न सजिलो हुने भएको बक्सा ब्याघ्र प्रकल्पको निम्ति ३० वटा मोटरबाइक ल्याईएको बताईएको छ।