कालचिनीः भाजपाको ४३औँ पार्टी स्थापना दिवस मनाउने क्रममा बिहीबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ दुई नम्बर अञ्चलमा भाजपा १ नम्बर मण्डल कमिटीको आयोजनामा स्थापना दिवस पालन गरियो।सो अवसरमा जयगाउँ दुई नम्बर अञ्चल स्थित पार्टी कार्यालयमा भाजपाको झण्डा उत्तोलन मण्डल सभापति राजेश छेत्रीले गरेको थियो।
यस अवसरमा भाजपाको अञ्चल कन्भेनर धनपत पाल, जिल्ला नेता प्रदिप विश्वास, बिन्दु प्रधान, युवराज छेत्री, दुर्गा छेत्री एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
यस अवसरमा पार्टीको संस्थापक नेतृत्वहरू अटल बिहारी वाजपेई, श्यामा प्रसाद मुखर्जी, दिन दयाल उपाध्यायको सम्झणा गर्दै उनीहरूको योगदानको चर्चा गरिएको थियो। आदामी एक सप्ताहसम्म यसलाई स्मरणमा राखेर पार्टीले सफाई अभियान वृक्षारोपण आदि कार्यक्रम गर्ने र १४ अप्रेल बाबासाहेब डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गरेर समापन गरीने मण्डल सभापति राजेश छेत्रीले जनाएका छन्।