खरसाङको मुख्य पर्यटकीय स्थलमा हनुमान जयन्ती समारोह सम्पन्न

IMG-20230406-WA0220.jpg

पर्यटकहरू पनि खुशीसाथ बने सहभागी

खरसाङ: खरसाङ बजारदेखि केही माथिपट्टि बरबुङ बस्तीमा रहेको हनुमानको विशाल मूर्ति भएको ठाउँमा आज हनुमान जयन्ती भव्य रूपमा पालन गरिएको छ। उक्त ठाउँमा श्री हनुमान जन्मोत्सव समारोह २०२३ सम्पन्न भएको छ। हनुमान जयन्ती समारोह समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पण्डितहरू क्रमैले महेश खतिवड़ा, पण्डित कुमार शर्मा र स्थानीय मन्दिरको पण्डित साईला बाजे आदिद्वारा पूजा अर्चना गरिएको थियो। वर्तमान समयमा खरसाङ क्षेत्रको सबैभन्दा आकर्षक र पर्यटकहरूका पहिलो रोजाई बनेको आई लभ खरसाङ लेखिएको र हनुमानको मूर्ति भएको ठाउँमा हनुमान जयन्ती पालन गरिएको छ। उक्त हनुमान जयन्ती समारोह विशेष गरी २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत पर्ने स्थानहरू जस्तै – नयाँ बस्ती, बरबुङ, गिध्द पहाड़, चन्दु बस्ती, शमशेर बस्ती, चौकी डाँड़ा, सिरुबारी आदि स्थानहरूका जनताहरू मिलेर आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

विशेष सधैं पर्यटकहरूले भरिने उक्त स्थानमा आज हनुमान जयन्ती पालन गरिएको कारणले बिहानदेखि नै पर्यटकहरू भीड़को साथमा आएर पूजा अर्चना गर्नुको साथै फोटोहरू खिँचाउन व्यस्त देखिएका थिए। घुम्न आउने पर्यटकहरूका लागि पनि उक्त क्षेत्रमा हनुमान जयन्ती समारोह सुनमा सुगन्ध थपिएको जस्तै भएको छ। खरसाङको मुख्य पर्यटकीय स्थलहरूमध्ये एक मानिने यहाँ आज भव्य रूपमा हनुमान जयन्ती पालन गरिएको कारणले पर्यटकहरू पनि आज निक्कै खुशी देखिन्थे। खरसाङको उक्त क्षेत्रमा हनुमानको मूर्ति स्थापना गरिएको विगत तीन वर्षदेखि नै लगातार रूपमा हनुमान जयन्ती पालन गर्दै आईरहेको छ। गत वर्ष झन यहाँ सात दिवसीय रूपमा हनुमान जयन्ती कार्यक्रम गरिएको बताइएको छ भने यसपाली केवल एक दिन मात्रै मनाए पनि भव्य रूपमा पालन गरिएको बताइएको छ। आजको हनुमान जयन्ती कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान एंव जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, सभासद प्रणाम रसाईली, खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, महकुमा सह सचिव सुष्मा सिंह लगायत अन्यहरू उपस्थित रहेका थिए। आजको हनुमान जयन्ती कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भक्तिमान तामाङले आज बिहानदेखि नै स्थानीयहरूले पूजा अर्चना गरेर हनुमान जयन्ती पालन गरिएको बताउँदै आजको हनुमान जयन्ती कार्यक्रममा तीनजना पण्डितहरूले पूजा अर्चना गरेको साथै नेपाल र सिलगढीबाट भजन मण्डलीका कलाकारहरू उपस्थित रहेको बताएका छन्। उनले विगत तीन वर्षदेखि यहाँ लगातार रूपमा हनुमान जयन्ती पालन गर्दै आईरहेको र यसपाली पनि धुमधामले पूजा अर्चना गरिएको बताएका छन्। उनले आज यहाँ स्थानीहरूसितै पर्यटकहरूले पनि हनुमान जयन्ती कार्यक्रममा सहभागी जनाएको अनि सबै पर्यटकहरू खुशी देखिएको बताएका छन्। तामाङले हनुमान जयन्ती कार्यक्रममा जीटीए चिफ् अनित थापाले पनि सहयोग जानकारी गराउँदै जीटीए चिफ् अनित थापा लगायत सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। त्यसरी नै सुष्मा सिंहले हामी विभिन्न गाउँका मानिसहरू मिलेर हनुमान जयन्ती पालन गरेको जनाउँदै यहाँ हनुमानको मूर्ति स्थापना गरेपछि विगत तीन दिनदेखि लगातार रूपमा हनुमान जयन्ती पालन गर्दै आईरहेको र गत वर्ष झन यहाँ सात दिवसीय रूपमा हनुमान जयन्ती पालन गरिएको जानकारी गराएकी छन्। उनले आगामी दिनमा पनि हामी लगातार रूपमा यहाँ हनुमान जयन्ती पालन गर्ने बताउँदै यहाँ बिहानदेखि नै स्थानीयहरू र पर्यटकहरूले भीड़को साथमा हनुमान जयन्ती समारोहमा सहभागी बनेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement