अजयले अनितलाई पठाए कानुनी नोटिस

IMG-20230406-WA0206.jpg

माफी नमागे सक्त कानुनी कार्वाही गर्ने चेताउनी

दार्जीलिङ: जीटीए चिफ् अनित थापाले हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डसित माफी नमागे सक्त कानुनी कार्वाही गर्ने चेताउनी दिएको छ। गत केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवर्डले ३० लाख रूपियाँको भष्ट्रचार गरेको गम्भीर आरोप लगाएका थिए भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले आफुमाथि लगाएको गम्भीर आरोप र लाञ्छनाहरू मिडिया रिपोर्ट र सामाजिक सञ्जालहरूको माध्यमद्वारा थाहा पाएपछि जीटीए मुख्यालय लालकोठी र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यालयमा कानुनी नोटिस पठाएका छन्। आफ्नो अधिवक्ताको माध्यमद्वारा पठाएको कानुनी नोटिसमा हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष एंव जीटीए चिफ् अनित थापा समक्ष माफी मांग्ने मांग गरेका छन्। यदि थापाले माफी नमागेको खण्डमा उनी विरूद्व स्थानीय न्यायलय, कोलकता न्यायलय र दिल्लीको न्यायलयमा एक साथ अनित थापा विरूद्व मामला दर्ता गर्ने चेताउनी दिएका छन्।

About Author

Advertisement