करिब ८२०७ सरकारी विद्यालयहरू बन्द गरेको विरोधमा एसएफआईको आन्दोलन शुरु

1b0e77a4-cf30-487a-976d-1dcad54c0756-2

सिलगढी: विद्यालय छोडेकाहरूलाई फिर्ता बोल्याउनुपर्ने, कुनैपनि स्थितिमा सरकारी विद्यालयहरू बन्द गर्न नहुने लगायतका धेरै मागहरू लिएर बिहीबार एसएफआई कार्यकर्ताहरू सडक आन्दोलनमा ओर्लिएका छन्। दार्जिलिङ जिल्ला भारतीय विद्यार्थी महासंघले झण्डै ८२०७ सरकारी विद्यालय बन्द गरिएको विरोधमा प्रदर्शन गरेको छ । एसएफआई दार्जिलिङ जिल्ला समितिको तर्फबाट बिहीबार जिल्ला विद्यालय निरीक्षकको कार्यालय अगाडि धर्ना दिएर सरकारी विद्यालयहरू बन्द गर्ने निर्णयलाई तत्काल फिर्ता लिने माग गरेको छ । कोभिडको कारण विद्यार्थीहरुको पठन-पाठनको गुणस्तर खस्किएको, धेरै गरीब विद्यार्थीले पैसाको अभावमा पढ्ने अवसर नपाएको आदि समस्याहरुको उठान गर्दै एसएफआईले आन्दोलन गर्दै आइरहेको संघले बताएको छ। संघले माग पुरा नभएसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement