माफी नमागे सक्त कानूनी कार्यवाही गर्ने चेताउनी
दार्जीलिङ: अनितले अजयलाई माफी नमागे सक्त कानुनी कार्यवाही गर्ने चेताउनी दिएका छन ।गत केही दिनअधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चीफ अनित थापाले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवार्ड्सले ३० लाख रूपियाँको भष्ट्राचार गरेको गम्भीर आरोप लगाएका थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले आफूमाथि लगाएको गम्भीर लान्छनाहरू मिडिया रिपोर्ट र समाजिक सञ्जालहरूको माध्यमद्वारा थाहा पाएपछि जीटीए मुख्यालय लाल कोठी र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यालयमा कानुनी नोटिस पठाएका छन।आफ्नो अधिबक्ताको माध्यमद्वारा पठाएको कानुनी नोटिसमा हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष एंव जीटीए चीफ अनित थापा समक्ष माफी मांग्ने मांग गरेका छन्। यदि थापाले माफी नमागेको खण्डमा उनी विरूद्ध स्थानीय न्यायालय,कोलकता न्यायालय र दिल्लीको न्यायालयमा एकसाथ मुद्दा दर्ता गर्ने चेताउनी दिएका छन्।स्मरण रहोस, गत केहीदिन अधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चीफ अनित थापाले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले तीस लाख रूपियाँ लिएको गम्भीर आरोप लगाएका थिए।