जीटीएद्वारा ५ अगस्ट प्राथमिक शिक्षक शिक्षिकाको निम्ति सर्भिस बुक डे पालन गरिने

IMG-20230406-WA0225.jpg

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले प्राथमिक शिक्षक शिक्षिकाहरुको निम्ति प्रत्येक वर्ष ५ अगस्टलाई सर्भिस बुक डे को रुपमा पालन गर्ने घोषणा गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा बिभागको कार्यकारी निर्देशकले उक्त आदेश जारी गरेका छन्। यस सर्भिस बुक डे को दिन प्राथमिक शिक्षक शिक्षिकाहरुले आफ्नो क्षेत्रीय कार्यालयमा गएर आफ्नो सर्भिस बुक सच्चाउने कार्य गर्नु पर्नेछ। अन्य दिन शिक्षक शिक्षिकाहरुले आफ्नो सर्भिस बुकको काम गर्न पाउने छैनन् भनी बताइएको छ।
विगत १० फरवरी २०२३ को दिन देखि डेपुटी चेयरम्यान राजेश चौहानलाई प्राथमिक शिक्षा विभागको अभिभारा सुम्पिएपछि उनले शिक्षक शिक्षिकाहरुको निम्ति सर्भिस बुक डे पालन गर्ने घोषणा गरेका थिए भने त्यी घोषणा अनुरूप सरकारी आदेश जारी गरिएको छ। जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानले प्राथमिक शिक्षा विभागको कार्यभार सम्हालेपछि दार्जिलिङ अनि कालेबुङका १३ वटा क्षेत्रहरूमा गएर त्यस क्षेत्रमा रहेका विद्यालयहरूले भोगिरहेका समस्याहरू, शिक्षक शिक्षिकाहरूको समस्याहरू‌ साथै प्राथमिक शिक्षा क्षेत्रमा जुन ह्रास आहिरहेका छन् यसलाई कसरी समाधान गर्नु सकिन्छ भन्ने विषय वस्तु लिएर सबै सर्कलहरूमा अन्तरक्रिया कार्यक्रमहरु पनि लगातार रूपमा गरिरहेको बताइएको छ। पहाडको खँस्किन्दो प्राथमिक शिक्षालाई कसरी उन्नति गर्न सकिन्छ भन्ने कुरोमा यसमा सबैको सहभागिता हुनुपर्छ भन्दै शिक्षक शिक्षिकाहरुसित अन्तरक्रिया कार्यक्रम गरेर समाधान निकाल्ने सूत्र खोजिरहेको जनाएका छन्। उनले दुवै जिल्लाका जिल्ला पाठशाला निरीक्षकहरुलाई लगातार रुपमा प्राथमिक पाठशाला भ्रमण गरेर अभिभावकहरुसित भेटघाट गर्ने आदेश पनि दिइसकेका छन्। राजेश चौहानले पत्रकारहरुसितको कुराकानीमा अघि भने, दार्जिलिङस्थित ओल्ड सेक्रेटरीयट बिल्डिङमा रहेको जिल्ला पाठशाला परिषदको कार्यालयमा अब उप्रान्त प्राथमिक शिक्षासित सम्बन्धित सम्पूर्ण विभागहरू नै यसै बिल्डिङमा स्थान्तरण गरिने साथै यस ओल्ड सेक्रेटरीयट बिल्डिङलाई शिक्षा भवनको रूपमा परिणत गर्ने साथै यस विषयमा काम भइरहेको पनि जानकारी दिएका छन्।
लामो समयदेखि शिक्षक शिक्षिकाले आफ्नो पीएफमा जम्मा भएको राशिको जानकारी पनि पाउन सकिरहेका थिएनन् भने अब उसो आफ्नो आफ्नो सर्कल कार्यालयबाटै आफ्नो पीएफको शिल्प पनि वितरण गरिने छ भनेर थप जानकारी दिएका छन्। कालेबुङ जिल्ला बनिएपछि कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद् गठन भए‌ पनि यसलाई पूर्ण रुपमा कार्यन्वयनमा आउनु सकेको थिएन भने जबदेखि प्राथमिक शिक्षा विभागको जिम्मेवारी राजेश चौहानले ग्रहण गरे त्यसपछि कालेबुङ जिल्ला पाठशाला परिषदलाई पनि पूर्ण रुपमा कार्यन्वयनमा लिएर काम काम शुरू गरिसकेको जानकारी पनि चौहानले दिएका छन् भने दार्जिलिङ पाठशाला परिषद् रहेको शिक्षक शिक्षिकाहरुको सम्पूर्ण कागजातहरु पनि कालेबुङ जिल्ला पाठशाला परिषदमा हस्तारण हुने जानकारी दिएका छन्। कालेबुङ जिल्लाभित्र रहेका सम्पूर्ण शिक्षक शिक्षिकाले अब उसो आफ्नो कामहरूको निम्ति दार्जिलिङ परिषद आउन नपर्ने यहाँहरुले अब सोझै कालेबुङ जिल्ला पाठशाला परिषदबाट आफ्नो काम हुने पनि बताएका छन्।
अर्को विशेष कुरो जति पनि शिक्षक शिक्षिकाहरू आफ्नो सर्भिसबाट अवकाश ग्रहण परेपछि आफ्नो पेन्शनको कागजातहरुको निम्ति धेरै समस्याहरूसंग जुझिरहेका हामीले देखेका छौं। यहाँहरुको असुविधालाई मध्य नजर राख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभागले पेन्सन विषयलाई मात्र लिएर पनि एउटा छुट्टै कार्यालय पनि चाँडै शुरू हुने जानकारी डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभाग प्रभारी राजेश चौहानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement