फीफा ऱ्यांकिंगको शीर्ष स्थानमा पुग्यो अर्जेण्टिना, भारत १०१औं स्थानमा

IMG-20230406-WA0209.jpg

६ अप्रेलः वर्ल्ड कप च्याम्पियन अर्जेण्टिना 6 सालमा पहिलोपल्ट फीफा वर्ल्ड ऱ्यांकिंगको शीर्ष स्थानमा पुग्यो। गत महिना दुईवटा अन्तर्राष्ट्रिय मैत्री म्याच जितेको हुनाले अर्जेण्टिनाले चीरप्रतिद्वन्द्वी ब्राजीललाई उछिनेर शीर्ष स्थान हासिल गऱ्यो। ब्राजीलले मोरक्को विरुद्ध १-२-ले हारको सा्मना गर्नु परेको हुनाले अहिले झरेर तेस्रो स्थानमा पुगेको छ। वर्ल्ड कपको फाइनलमा अर्जेण्टिना विरुद्ध पराजित हुने फ्रान्स एक स्थान अघि बढ़ेर दोस्रो स्थानमा पुगेको छ। फ्रान्सले यूरो कप क्वालीफायर्समा लगातार दुईवटा म्याचमा नीदरल्याण्ड्स र आयरल्याण्ड विरुद्ध जीत हासिल गरेको थियो। त्यसपछि बेल्जियम पहिला झैं चौथो अनि ईंग्ल्याण्ड पाँचौं स्थानमा रहेको छ। नीदरल्याण्ड्स छैटौं, क्रोएशिया सातौं, इटली आठौं, पोर्तुगल नवौं र स्पेन दशौं स्थानमा रहेको छ।

यसबीच भारतीय टीमले पनि ५ स्थानको जम्प लगाएर १०१औं स्थान हासिल गरेको छ। भारतलाई हालै त्रिदेशीय टुर्नामेण्टमा म्यांमार र किर्गिस्तान विरुद्ध जीतले फाइदा भएको छ। नेपाल १७४औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement