सिलगढी: उत्तरबंगाल विश्वविद्यालयको सुरक्षा व्यवस्था कड़ा बनाइएको छ । विश्वविद्यालय प्रशासनले पुरै विश्वविद्यालयलाई सुरक्षा घेराभित्र समेटेको छ । विश्वविद्यालयको सुरक्षालाई ध्यानमा राख्दै २४० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
विश्वविद्यालयका उपकुलपति ओमप्रकाश मिश्रले हिजो विश्वविद्यालयमा सीसीटीभी क्यामेरा र निःशुल्क वाईफाई प्रणालीको उद्घाटन गरेका छन् । पहिले छात्रावास र प्रशासनिक भवनमा मात्र सीसीटीभी क्यामेरा जडान गरिएको थियो भने अहिले विश्वविद्यालयका सबै क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । यसका साथै विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकको सुविधाका लागि वाइफाइ सेवा शुरु गरिएको छ । एक कार्यक्रमको आयोजना गरी उपकुलपतिले यी सबै कुराको जानकारी दिएका छन्।