सिलगढी: सिलगढीको भोलानाथ पाडामा अवस्थित एक केमिकल कारखानामा आगलागी हुँदा यस क्षेत्रमा कोलाहल मच्चिएको छ। बिहीबार दिउँसो कारखानामा अचानक आगलागी भएको हो ।कारखानामा विभिन्न प्रकारका केमिकल राखिएकाले आगलागीले केही समयपछि नै भयानक रूप लियो । घटनाको जानकारी दमकललाई दिएपछि तीनवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणको काम थालेका छन्।