मुख्यमन्त्रीद्वारा पीएमवीडीवाईब’स्टेट लेभल एड्भोकेसी प्रोग्राम’ को अध्यक्षता

IMG_20220609_001001.jpg

गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार सम्मान भवनमा प्रधानमन्त्री वन धन योजना (पीएमवीडीवाई) माथि आयोजित ‘स्टेट लेभल एड्भोकेसी प्रोग्राम’ को अध्यक्षता गरे। यस योजनाको शुरूवात देशका प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अप्रेल, २०१८ मा गरेका थिए। यस योजनाको उद्देश्य लघु वनोपजको मूल्यवर्धन गरेर जनजाति जनसंख्याको आय आर्जन गर्ने साधनहरू बढ़ाउनु रहेको छ।

कार्यक्रममा मुख्यमन्त्रीले २७ वन धन विकास केन्द्रलाई चेक प्रदान गरे, जसमा सोरेङबाट ५, गेजिङबाट ४, गान्तोकबाट ४, नाम्चीबाट ८ र मंगनबाट ६ केन्द्र सामेल छन्। उनले निर्माण, उन्नयन र मरम्मति कार्यका लागि पनि विभिन्न धार्मिक संस्थानहरूलाई अनुदान प्रदान गरे।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा विभागका अधिकारीहरूलाई जनताको दृष्टिकोणप्रति सक्रिय बन्न तथा व्यक्ति, समाज र राज्यको समग्र विकासका लागि मद्दत गर्न आह्वान गरे। उनले राज्यस्तरीय स्वयं सहायता समूह भेला आयोजन गर्न सुझाउ राखे जहॉं रचनात्मक गतिविधिहरूमाथि चर्चा गर्न र आदान प्रदान गर्न सक्नेछन्। उनले ‘भोकल फर् लोकल’ को अवधारणाको वकालतका लागि राज्य सरकारको तर्फबाट हर सम्भव सहायताको आश्वासन दिए।

यस अघि मुख्यमन्त्रीले कोविड महामारीको समय ज्यान गुमाउने पुलिसकर्मीको परिवारका सदस्यहरूलाई चेक प्रदान गरेका थिए।

सहकारी विभाग मन्त्री सोनाम लामाले स्थानीयहरूलाई सदैव समर्थन एवं प्रोत्साहन प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। उनले लाभार्थीहरूलाई राज्य अनि केन्द्र सरकारका योजनाहरूबाट भरपुर लाभ उठाउन आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement