कालेबुङ: कालेबुङको एउटा प्रमुख पर्यटन स्थल पुजे डाँड़ा क्षेत्रका मानिसहरूको दीर्घ दिनदेखिको सपना अब पूरा भएको छ। वन विभागले हालै पुजे डाँडालाई इको-टुरिजम साइटको मान्यता प्रदान गरेको छ। विभागले पुजे डाँड़ा पर्यटन क्षेत्रलाई इको-टुरिजम साइटको रूपमा विकसित गर्ने पहललाई हरियो झण्डा देखाए पछि आज जे डाँडामा यस ईको-टुरिजम साइटको विधिवत शिलान्यास गरियो। वन विभागका रेञ्ज अफिसर गोविन्द लकान्द्री अनि बिट अफिसर सोनाम छिरिङ लेप्चाको विशेष उपस्थितिमा यस साइटको आज वैदिक परम्परा अनुसार शिलान्यास गरिएको छ।