पुजे डाँडालाई ईको-टुरिजमको मान्यता

kal.jpg

कालेबुङ: कालेबुङको एउटा प्रमुख पर्यटन स्थल पुजे डाँड़ा क्षेत्रका मानिसहरूको दीर्घ दिनदेखिको सपना अब पूरा भएको छ। वन विभागले हालै पुजे डाँडालाई इको-टुरिजम साइटको मान्यता प्रदान गरेको छ। विभागले पुजे डाँड़ा पर्यटन क्षेत्रलाई इको-टुरिजम साइटको रूपमा विकसित गर्ने पहललाई हरियो झण्डा देखाए पछि आज जे डाँडामा यस ईको-टुरिजम साइटको विधिवत शिलान्यास गरियो। वन विभागका रेञ्ज अफिसर गोविन्द लकान्द्री अनि बिट अफिसर सोनाम छिरिङ लेप्चाको विशेष उपस्थितिमा यस साइटको आज वैदिक परम्परा अनुसार शिलान्यास गरिएको छ।

About Author

Advertisement