सिलगढी: सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज नक्सलबारीको नेहाल जोतमा सडक निर्माण कार्यको शिलान्यास गरे। सिलगढी महकुमा परिषदको आर्थिक सहयोगमा यस सडक निर्माण कार्यको शिलान्यास गरिएको हो। यस अवसरमा स्थानीय पञ्चायत प्रधान गौतम घोष लगायत पञ्चायत सदस्यहरू उपस्थित थिए। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले भ, महकुमा भरिमै विविध विकासमूलक कार्यहरू भइरहेको छ।

महकुमाभरि पथश्री र रास्ता श्री अन्तर्गत सडक निर्माण कार्यको शिलान्यास गरिरहेको छ। आगामी दिनमा नक्सलबारी लगायत महकुमामा ठुल्ठुला सडकको कार्य हुनेछ।