निरञ्जन सिंह छेत्रीको १३१औं शहीद दिवस पालन

IMG_20220609_000428.jpg

गान्तोक। भारतीय गोर्खा परिसंघ, मणिपुर राज्य शाखाले बुधवार शहीद सुबेदार निरञ्जन सिंह छेत्रीको १३१औं शहीद दिवस पालन गऱ्यो। ईम्फाल वेस्ट जिल्ला अन्तरगत कांग्लातोङबी ग्राम पञ्चायत परिसरमा स्थापित सुबेदार निरञ्जन सिंह छेत्रीको सालिकको अनावरण गत वर्ष ७ मार्च, २०२१ मा मणिपुर सरकारका मुख्यमन्त्रीको बाहुलीबाट गरिएको थियो। आज सोही सालिक परिसरमा भागोप मणिपुर राज्य शाखाले १३१औं सहीद दिवस पालन गऱ्यो।

यस अवसरमा खुर्खुल जिल्ला परिषद अङोम बिक्रम सिंह मुख्य अथिति थिए भने कांग्लातोङबी ग्राम पञ्चायतकी प्रधान मीना बिष्ट विशिष्ठ अथिति, सभाध्यक्ष लक्षुमण बिष्ट, अध्यक्ष भागोप मणिपुर राज्य शाखा थिए। यसरी नै कार्यक्रममा अखिल मणिपुर गोर्खा सुधारक संघका अध्यक्ष र सचिव, अखिल मणिपुर गोर्खा छात्र संगठका अध्यक्ष र सचिव, नेपाली साहित्य परिषद्का अध्यक्ष र सचिव, अखिल मणिपुर गोर्खा एक्स सर्विसम्यान डीफेन्स एण्ड केफ एशोशिएसनका अध्यक्ष र सचिव आदि उपस्थित थिए।

भागोप अध्यक्ष लक्षूमण बिष्टले यस दिवसलाई आउॅंदो वर्षदेखि अझ भव्यरूपमा मनाउने निर्णय लिएको बताए। मुख्य अथिति जिल्ला परिषद अङोम बीक्रम सिंहले यस्ता बीर पुरुषको शहीद दिवसमा मुख्य अथितिको रूपमा आमन्त्रित हुन पाउनु गर्वको विषय रहेको बताए। उनले गोर्खाहरुको हितका लागि आफुले के गर्नुपर्ने हो, त्यो सबै गर्ने आश्वासन पनि दिए। प्रधान मीना बिष्टले यसरी आफ्ने पञ्चायतको कार्यालय परिसरमा १३१औं शहीद दिवस पालन गर्नु पाउॅंदा आफैलाई गर्व लागेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement