सिङताम। सिङताम टोपाखानीमा ३०० पलङयुक्त अस्पताल निर्माण विषयबारे आज त्यहाँ अवस्थित पावर कम्प्लेक्समा राज्यको सामाजिक कल्याण विभाग अनि विद्युत विभागसँग एक समन्वय बैठक सम्पन्न भयो। बैठकमा राज्यका स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री डा. एमके शर्मा, विद्युत विभागीय मन्त्री एमएन शेर्पा, गान्तोकका विधायक वाई टी लेप्चा, विद्युत विभागका सचिव, सामाजिक कार्यकर्ता, खाम्दोङ-सिङताम समष्टिका एसकेएम अध्यक्ष लगायत अन्यको सहभागिता रहेको थियो।
समन्वय बैठकमा ३०० पलङयुक्त अस्पताल निर्माणबारे स्वास्थ्य मन्त्री डा. एमके शर्मा अनि विद्युत मन्त्री एमएन शेर्पाले विस्तृत जानकारी लिए। सम्बन्धित अधिकारीहरूले योजनाबारे प्रष्ट पार्दै विस्तृत योजना रिपोर्टसँगै अस्पताल निर्माणबारे जानकारी गराए। मन्त्रीद्वयले निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्य गुणस्तरीय हुनपर्ने कुरामाथि जोर दिँदै आवश्यक पहलको निम्ति आफूहरू सदैव तत्पर रहने जानकारी गराए।