सीमाक्षेत्रमा महानन्द नदीबाट अन्य राज्यमा बालुवा तस्करी

d5b6358b-fecd-4e6d-904a-83d2663aba14

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर र दार्जिलिङ जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको महानन्द नदीबाट हुने बालुवाको तस्करीको विषय कुनै नौलो कुरा होइन।यहाँबाट अन्य राज्यमा समेत बालुवा तस्करीको कारोबार भइरहेको छ ।उता, बिहार राज्यको किशनगञ्ज जिल्लाको महानन्द नदीबाट राष्ट्रिय राजमार्ग ३१ भएर पश्चिम बङ्गालको विशाल क्षेत्र हुँदै विभिन्न राज्यमा बालुवा लैजाँने गरेको यी सवारीका चालकहरू बताउँछन् । यसबारे केही चालकलाई सोध्दा उनीहरू गाडी लिएर भागे, कतिपयले गाडी रोकेर भने, ‘हामी सानातिना गाडीका मालिक हौं, मालिकलाई सोध्नुहोस्, उसलाई सबै थाहा छ । पुलिसले पैसा लिएको विषयमा सोध्दा चालकले कुनै जवाफ नदिई बालुवा बोकेको गाडी लिएर भागेका थिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement