कुचबिहार: तुफानगञ्जको बक्सिरहाट बजार क्षेत्रमा अबेर राति भीषण आगलागी भएको छ। केही बेरमै १६ दाेकान जलेर खरानी भएको छ। घटनाका कारण इलाकामा त्रास फैलिएको छ। खबर प्राप्त हुनसाथ असम र बंगालका ६ वटा दमकल घटनास्थलमा पुगेका थिए। पाँच घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। सूचना पाएपछि बक्सिरहाट पुलिस चौकी र तुफानगञ्ज ब्लक-२ का बीडीओ प्रसेनजीत कुण्डुसहित भारी पुलिसबल घटनास्थल पुगेका थिए। उल्लेखनीय छ, दुई वर्षअघि पनि यस बजारमा भएको आगलागीमा लगभग एकसय पसल जलेर खरानी भएका थिए।