सुत्ने कोठाभित्र सर्प

59c83d2b-bdd2-468a-8b0d-bc50cfa22df5

जलपाइगढी: गर्मी बढेसँगै सर्पको त्रास पनि बढ्न थालेको छ । जलपाइगढीको रंगधामली क्षेत्रमा एक ब्यक्तिको सुत्ने कोठामा विषालु सर्प भेटिएको छ,जसका कारण घरमा राति अबेरसम्म कोलाहल मच्चिएको थियो । राति घरभित्र सर्प देखेपछि परिवारका सदस्यहरू डराएर भागभाग भए।यसको जानकारी सर्प उद्धार स्वयंसेवी संस्थाका सदस्यहरूलाई दिइएको थियो। ग्रीन जलपाइगढीका अंकुर दास तुरुन्तै घटनास्थल पुगेर धेरै प्रयासपछि सर्पलाई खाटमुनिबाट निकाल्न सफल भएका थिए।उद्धारपछि सर्पलाई जंगलमा छाडेपछि मात्र परिवारका सदस्यले राहतको सांस फेरेका थिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement