श्री श्री पञ्चमुखी हनुमान मन्दिरमा हनुमान जयन्ती महोत्सव

672c764c-a6f8-4a86-b941-4c2b5400cf65

जलपाइगढी:जलपाइगढी मसकलाईबाडीको श्री श्री पञ्चमुखी हनुमान मन्दिर परिसरमा हनुमान जयन्ती महोत्सव धुमधामका साथ मनाइँदैछ । यो पर्व गत ३ अप्रेलदेखि शुरू भएर आज ६ अप्रेलमा समापन हुनगइरहेको छ। श्रीश्री राधा मदनगोपालको अष्टकला मार्फत बुधबार राति भक्तजनहरू लीलाकीर्तनमा मग्न भएका थिए । बिहीबार पनि सामूहिक पूजा गरी प्रसाद वितरण जारी रहनेछ । यस मन्दिरमा श्री हनुमान जयन्तीको अवसरमा टाढा-टाढाबाट धेरै भक्तजनहरू पूजा गर्न आउने गर्दछन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement