हनुमान जयन्तीको अवसरमा हावड़ाको बेलूरमा विशाल शोभायात्रा

631b9684-1d47-427b-b9af-b95e0590c445

कोलकता: बेलूरमा पुलिसबलको उपस्थितिमा हनुमान जयन्तीको बिशाल शोभायात्रा निकालियो। बिहीबार बिहान ७ बजे बेलुरको श्री हनुमान भक्त मण्डलद्वारा हनुमान जयन्तीको अवसरमा विशाल शोभायात्रा निकालिएको थियो । शोभायात्राले बेलुर जीटी रोडबाट सल्किया हुँदै कोलकता बड़ाबजारसम्म परिक्रमा गरेको थियो। आजको दिन हनुमान जयन्तीको अवसरमा श्री हनुमान भक्त मण्डल सेवा संस्थानद्वारा आयोजना गरिएको उक्त विशाल शोभायात्रामा हावडा सिटी पुलिसद्वारा भारी पुलिसबल तैनाथ गरिएको थियो। उक्त शोभायात्राको नेतृत्व प्रीतम जैन, बीएल अग्रवाल आदिले गरेका थिए ।शोभायात्रा हावडा ब्रिज हुँदै कोलकताको राजाकटरास्थित पञ्चमुखी हनुमान मन्दिरमा समापन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement