भाजपाको ४४ औं स्थापना दिवस पालन

205a66a2-8e91-47ae-833b-ce7097af5374

जलपाइगढी: भारतीय जनता पार्टी ६ अप्रेल १९८० मा स्थापित भएको थियो। त्यसयता भाजपाका कार्यकर्ताहरूले सेवा सप्ताह मार्फत विभिन्न सामाजिक कार्यहरू गरी स्थापना दिवस मनाउँदै आएका छन् ।स्थापना दिवसको अवसरमा बिहीबार बिहान भाजपाको जलपाइगढी जिल्ला कार्यालयमा जलपाइगढी भाजपा जिल्ला अध्यक्ष बापी गोस्वामीले पार्टीको झण्डा फहराए। उनले साताभर विभिन्न सामाजिक कार्यका माध्यमबाट सेवा सप्ताह मनाइने बताए ।यसका साथै जिल्लाको मैनागढी ब्लकको रामसाई क्षेत्रमा भाजपाको स्थापना दिवस हर्षोल्लासका साथ मनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement