क्रिकेट अष्ट्रेलियाले २०२३-२४ को निम्ति केन्द्रीय अनुबन्ध जारी गऱ्यो, २४ जना खेलाड़ीलाई स्थान

IMG-20230406-WA0142.jpg

६ अप्रेलः स्पिनर टड मर्फी र पेस बलर लान्स मरिसले एशेज र वनडे वर्ल्ड कपलाई ध्यानमा राखेर जारी गरिएको २४ जना खेलाड़ीहरूका सूचीमा आफ्नो पहिलो क्रिकेट अष्ट्रेलिया (सीए) केन्द्रीय अनुबन्ध अर्जित गरे। सीए-ले २०२३-२४ सीजनको निम्ति २४ खेलाड़ीहरूका अनुबन्ध घोषणा गऱ्यो। सीन एबट, लान्स मरिस, माइकल नेसर र झाय रिचर्डसन सबै अनुबन्धमा छन्। जूनमा लण्डनमा भारत विरुद्ध हुने वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको साथ अष्ट्रेलियाको निम्ति यो साल निक्कै व्यस्त रह्यो। सालको अन्तमा ईंग्ल्याण्ड विरुद्ध एशेज सीरीज र भारतमा वनडे वर्ल्ड कप पनि रहेको छ। अष्ट्रेलियाको २४ सदस्यीय अनुबन्धको सूचीमा जम्मा ६ जना नयाँ खेलाड़ीलाई सामेल गरिएको छ।
मर्फी र सीन एबटको बलिंग जोड़ीलाई गत सालको प्रदर्शनको आधारमा मुख्य सूचीमा पदोन्नति हासिल भयो जबकि माइकल नेसर, लान्स मरिस, रिचर्डसन र मार्कस हेरिसलाई पनि पदोन्नति हासिल भएको छ। हालै पदोन्नति प्राप्त हुने पूर्व कप्तान एरोन फिञ्च, स्पिनर मिचेल स्वेपसन, म्याथ्यू वेड, म्याथ्यू रेनशा, पीटर ह्याण्ड्सकम्ब र म्याथ्यू कुह्नमेनलाई नयाँ अनुबन्ध हासिल भएन। अष्ट्रेलियाका पूर्व कप्तान तथा वर्तमान चयन समितिका अध्यक्ष जर्ज बेलीले आफ्नो आधिकारिक बयानमा भने, गत १२ महिनामा केही असाधारण व्यक्तिगत अनि टीम प्रदर्शन भयो। यसको साथमा हामी केही खेलाड़ीहरूका उत्थानले धेरै प्रभावित भयौं, जसले तीनैवटा प्रारूपमा अष्ट्रेलियाई टीममा चयनको दावेदारी पेश गरेका छन्। अनुबन्ध हासिल गर्ने सबै खेलाड़ीहरूलाई बधाई छ। अहिले हामी समक्ष वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल र एशेज सीरीजको साथमा आईसीसी वनडे वर्ल्ड कपको चुनौती रहेको छ। हामीले ती खेलाड़ीहरूका समूहलाई चयन गरेका छौं, जो यी सबै अभियानहरूमा हामीसँग रहनेछन्।
अष्ट्रेलियाई पुरुष क्रिकेटरहरूका अनुबन्ध सूचीः
सीन एबट, एश्टन एगर, स्कट बोल्याण्ड, एलेक्स केरी, प्याट कमिन्स, क्यामरन ग्रीन, मार्कस हेरिस, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, मार्नस लाबुशेन, न्याथन लियोन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, लान्स मरिस, टड मर्फी, माइकल नेसर, झाय रिचर्डसन, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement