६ अप्रेलः भारतको निम्ति १९७४-मा तीनवटा टेस्ट म्याच खेल्ने पूर्व ओपनिंग ब्याटर सुधीर नाईकको संक्षिप्त बिमारीपछि बुधवार मुम्बईको एउटा अस्पतालमा निधन भयो। मुम्बई क्रिकेट संघ (एमसीए) ले उनको निधनको पुष्टि गरेको छ। उनी ७८ वर्षका थिए। नाईकको स्वास्थ्यमा नियमित नजर राख्ने एमसीए-को सूत्रले बताएअनुसार, हालै उनी बाथरूममा लड़ेका थिए अनि उनको शीरमा चोट लागेको थियो। त्यसपछि उनलाई मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको थियो। उनी कोमामा गएका थिए अनि त्यही स्थितिमा उनको निधन भयो। नाईक मुम्बई क्रिकेट जगतका एकजना सम्मानित व्यक्ति अनि रणजी ट्रफी विजेता कप्तान थिए। उनको नेतृत्वमा टीमले १९७०-७१-को सीजनमा रणजी खिताब जितेको थियो। नाईकको नेतृत्वको निक्कै सराहना गरिएको थियो कारण मुम्बईले त्यस सीजनमा सुनील गावस्कर, अजीत वाडेकर, दिलीप सरदेसाई र अशोक मांकड़ जस्ता स्टार खेलाड़ीहरू बिना रणजी ट्रफी जितेको थियो।
साल १९७२-मा रणजी ट्रफी शुरु हुँदा नाईकलाई अन्तिम एकादशबाट बाहिर गरिएको थियो कारण टीमका मुख्य ब्याटरहरू फर्किएका थिए। उनले १९७४ को ईंग्ल्याण्ड यात्रामा बर्मिंघम टेस्टमा पदार्पण गरेका थिए, जहाँ उनले दोस्रो ईनिंग्समा हारको अवधि आफ्नो एकमात्र अर्द्धशतक बनाउँदै ७७ रनको ईनिंग्स खेलेका थिए। उनले ८५ वटा प्रथम श्रेणीको म्याच खेले अनि ३५ भन्दा अधिकको औसतले ४३७६ रन बनाए, जसमा एउटा दोहोरो शतकसहित सातवटा शतक सामेल छ। खेलबाट सन्न्यास लिएपछि नाईकले प्रशिक्षकको रूपमा पनि सक्रिय भूमिका निर्वाह गरे। भारतका पूर्व पेस बलर जहीर खानको करियरमा उनको ठूलो भूमिका रह्यो। नाईकले नै जहीरलाई क्रिकेट खेल्न मुम्बई ल्याए अनि उनलाई अपेक्षित अनुभव प्रदान गरे। उनी मुम्बई चयन समितिका अध्यक्ष पनि थिए। उनले पछिबाट निःशुल्क वानखेड़े स्टेडियमको क्यूरेटरको काम गरे।